Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १ जेठ । सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित पाँच जनासँग स्पष्टीकरण मागेको छ ।

सरकार र सम्बन्धित निकायको स्वीकृति बिनै नेपालको पहिलो कोरोना भाइरस संक्रमित नेपाली युवाको भाइरस (जेनेटिक) विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै निर्देशक डा. झासहित ६ जनासँग स्पष्टीकरण मागिएको हो ।

स्वास्थ्य अनुसन्धान परिषद्ले डा.रुना झा, प्रयोगशालाकै डा.रञ्जित साह र हेमन्तचन्द्र ओझा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डे, महाशाखाका पूवनिर्देशक डा.विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलालाई लिखित स्पष्टीकरण मागेको हो ।

उनीहरुलाई वैशाख २९ गते काटिएको पत्रमा एक साताभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐनअनुसार कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषदको पूर्वस्वीकृत लिनु पर्ने व्यवस्था रहेकामा उनीहरुले स्वीकृति नलिई अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशित गरिसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया