Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, १ जेठ २०७७ । कोरोना भाइरसबाट मुक्त भईरहेका ९५ प्रतिशत बिरामीमा एन्टीबोडी विकसित भईरहेको चिनियाँ सोधकर्ताले बताएका छन् । शोधकर्ताका अनुसार उपचारको एक हप्तापश्चात ४० प्रतिशत कोरोना पीडित र दुई हप्तापश्चात ९५ प्रतिशत कोरोना पीडितमा एन्टीबोडीको विकास भएको भेटिएको छ ।

एन्टीबोडीले व्यक्तिको इम्यूनिटीलाई मजबुद बनाउने गर्दछ । चिनियाँ वैज्ञानिकहरुले चोंगकिंग मेडिकल यूनिभर्सिटीमा कोरोना मुक्त भएका २८५ मानिसमाथि एन्टीबोडीको विकासबारे अध्ययन गरेका थिए ।

रिसर्चका मुख्य ५ कुरा

१, सोधकर्ताको भनाई छ कि, कोरोना मुक्त भएका बिरामीको रगत जाँच गर्दा उनको शरिरमा एन्टीबोडी यानी इम्यून कोशिकाहरु विकसित भएको पाइयो । यो पनि दुई किसिमको छ, पहिलो इम्यूनोग्लोब्यूलिन–एम र दोस्रो इम्यूनोग्लोब्यूलिन–जी ।

२, संक्रमण भएसँगै मानव शरिरमा इम्यूनोग्लोब्यूलिन–एम विकसित हुने गर्दछ र त्यसले मानव शरिरलाई खतराबाट बचाउन प्रयास गर्नेछ । रिसर्चअनुसार पहिलो हप्तामा ४० प्रतिशत बिरामीमा इम्यूनोग्लोब्यूलिन–एम विकसित हुने गरेको भेटियो ।

३, रिसर्चअनुसार कोरोना पीडितको जाँच जारी छ । दुई हप्तापश्चात ९५ प्रतिशत बिरामीको शरिरमा इम्यूनोग्लोब्यूलिन–एम पनि विकसित भएको भेटिएको छ । मुख्य कुरा बिरामीमा इम्यूनोग्लोब्यूलिन–जी पनि विकसित भएको भेटियो जुन तयार हुन निकै लामो समय लागे पनि त्यसले मुख्य रुपमै संक्रमणबाट बचाउन भूमिका खेलेको पाइयो ।

४, शोधकर्ताको भनाई छ कि, एन्टीबोडीले कति दिनमा फेरि कोरोना संक्रमणबाट बचाउँछ भन्ने बारे भने अध्ययन जारी नै छ । रिसर्च रिपोर्टको निष्कर्षअनुसार एक पटक कोरोना पीडित बनेको मानव शरिर पुनः कोरोनासँग लड्न आफैं पनि सिखिरहेको छ ।

५, शोधकर्ताका अनुसार कोरोना संक्रमित एक आमा छोरीमा गरिएको अध्ययनअनुसार दुवैमा २० दिनभित्रमा एकै खालको इम्यूनिटी क्षमताको विकास भएको भेटिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

के हो एन्टीबोडी ?

यो प्रोटीनबाट बनेको विशेष खालको इम्यून कोशिका हो जसलाई बी–लिम्फोसाइट पनि भन्ने गरिन्छ । जब शरिरमा कुनै बाहिरी चीज प्रवेश गर्दछ त्यस समय इम्यून कोशिका अलर्ट हुने गर्दछ ।

ब्याक्टेरिया तथा भाइरसको विषालु पदार्थलाई निष्क्रिय बनाउन यही एन्टीबोडीजले काम गर्दछ । यस तरिकाले शरिरलाई प्रतिरक्षा गर्दै हरेक खालका रोगका असरलाई कमजोर बनाउने गर्दछ । एजेन्सीबाट

तपाईको प्रतिक्रिया