Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक,३१ वैशाख । झापाको दमकमा टिफरको ठक्करवाट एकजनाको मृत्यु भएको छ । टिफरको ठक्करबाट आज विहान एकजना साईकल यात्रीको मृत्यु भएको हो ।

झापाको दमक-५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज विहान ८:१५ वजे तिर को.१ ख.५५२४ नम्बरको टिफरको ठक्करवाट दमक नगरपालिका वडा नम्बर-१ श्रीपाली टोलका १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

तिव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको टिफरले विपरीत दिशाबाट आईरहेको साईकलयात्रीलाई ठक्कर दिदा दर्जीको घटनास्थलमा नै ज्यान गएको उनले वताए । ठक्करवाट दर्जीको कम्मर मुनीको भाग क्षतविक्षत भएको थियो ।

दुर्घटनामा संलग्न टिफर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ बर्षिय केदार प्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया