मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

काठमाडौँ, ३० बैशाख २०७७ । सत्तारुढ नेकपाले बुधबार स्थायी कमिटीको बैठक डाकेको छ ।पार्टी कार्यालय धुम्बाराहीमा भोलि बिहान ११ बजे बैठक बोलाइएको हो ।

सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित भएको थियो ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति जुटेको थिएन ।

तपाईको प्रतिक्रिया