Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २८ वैशाख । साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरबको जेद्दामा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको हो । जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा ज्यान गएको हो ।

जेद्दा क्षेत्रभित्र मात्रै संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । १० जना निको भइ क्याम्पमा फर्केका छन् ।

‘उपचारमा रहेका नेपाली नागरिकहरुमध्ये मदिनामा उपचाररत एक जनाको निधन भएको दुस्खद् खबरले हामी स्तब्ध भएका छौं’, दूतावासद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ ।

दूतावासले कोरोना संक्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले कोरोना संक्रमणको लक्षण देखिँदा पनि कम्पनीले बेवास्ता गरी स्वास्थ्य उपचार नगराइ छुट्टै आइसोलेसनमा बस्‍न बाध्य पारेमा जानकारी दिन अनुरोध गरेको छ । ‘कम्पनीले तोकेको क्वारेन्टाइनमा बस्दा खानाको प्रबन्ध नगरेमा तथा स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि थप स्वास्थ्य जाँच गराउन कम्पनीले पहल नगरेको अवस्थामा तुरुन्त यस कन्सुलेटमा सम्पर्क गर्नुहुन अनुरोध छ ’, कार्यबाहक महावाणिज्यदूत रेवती पौडेलले भने ।

आइसोलेसन वा क्वारेन्टाइनमा पालान गर्नुपर्ने नियमको उल्लंघन गर्नेलाई साउदी सरकारले ठूलो जरिवाना तोकेको छ ।

तपाईको प्रतिक्रिया