Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026
एजेन्सी,२५ साउन । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोनाको टिम कप्तानमामा नियुक्त भएका छन्। उनी चार खेलाडी मध्येमा पहिलो कप्तान भएका हुन्।
यस अघिका कप्तान आन्द्रेस इनिस्टा जापानिज् क्लब भिसेल कोबेमा अनुबन्ध भएपछि बार्साले मेस्सीलाई कप्तानमा नियुक्त गरेको हो । आन्द्रेसले बार्सामा आफ्नो जिवनको २२ बर्ष बिताएका थिए । मिडफिल्डर आन्द्रेसले ला लिगाका ४४२ खेल खेल्दै ३५ गोल गरेका थिए।
सर्जियो बुस्केट उपकप्तानमा नियक्त हुदा, जिरार्ड पिक तेस्रो र सर्जी रोबर्टो चौथो कप्तानको रुपमा नियुक्त भएका छन्।
यी सबै कप्तान बार्सिलोनाका स्टार खेलाडी हुन। मेस्सी २००१ बाट युवा खेलाडीको रुपमा बार्सामा आबद्द भएका थिए। उनी बार्साका रेकर्ड गोलकर्ता समेत हुन। मेस्सीले ला लिगाका ४१८ खेल खेल्दा ३८३ गोल गरेका छन्। पछिल्लो सिजनमा मात्र ला लिगाका ३६ खेल खेल्दै उनले ३४ गोल गरेका थिए।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments