Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २६ वैशाख २०७७ । प्रधानमन्त्री ओली संसदमा नजानुको कारण भने अरु केही नभएर कोरोनाको स्वाब टेस्ट रिपोर्ट समयमै नआएकाले संसद नगएका हुन् ।

सामान्यतया संसद बैठकको पहिलो दिन सत्तारुढ र विपक्षी दलका नेताहरु उपस्थित हुने प्रचलन छ । तर, शुक्रबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्री तथा सत्तारुढ दलका नेता केपी शर्मा ओली संसदमा उपस्थित भएनन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्का अनुसार प्रधानमन्त्री संसदमा जाने तयारीमा भएपनि रिपोर्ट नआएकाले रोकिएका हुन् । ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर मात्रै अधिवेशन सुरु गर्न निर्णय भएको थियो । उहाँ (प्रधानमन्त्रीज्यु) को पीसीआर टेस्ट गर्न थ्रोट स्वाब संकलन गरिएपनि रिपोर्ट समयमा आइपुगेन । त्यहीँ भएर उपस्थित हुन सक्नुभएन’, नेम्वाङले बताए ।

प्रधानमन्त्री ओलीको थ्रोट स्वाब शुक्रबार मात्रै गरिएको थियो । कतिपय रिपोर्ट नआएका अन्य सांसदहरु पनि अर्कै लविमा बसेका थिए । शुक्रबार सुरु भएको बजेट अधिबेशनको पहिलो बैठकमा सत्तारुढ दल नेकपाका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले दलको तर्फबाट धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया