Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

२६ बैशाख २०७७, शुक्रबार
एजेन्सी । एक अध्ययनले आँखाको माध्यमबाट पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुने खुलासा गरेको छ । हङकङ विश्वविद्यालयमाा गरिएको एक अध्ययनले आँखा पनि कोभिड–१९ सार्ने माध्यम भएको देखाएको हो ।

हङकङ विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थ विषयमा प्राध्यापक डा। माइकल चान ची वाई नेतृत्वको अध्ययनकर्ताहरुको टोलीले श्वासनली र आँखाबाट पनि कोरोना सर्ने दाबी गरेको साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचारमा जनाइएको छ ।

डा. चेनले सार्सको तुलनामा आँखा र माथिल्लो श्वासनलीबाट कोरोनाको मानिसमा संक्रमण गर्ने क्षमता ८० देखि १ सय प्रतिशत रहेको बताए ।

उनले कोरोनाबाट जोगिन आँखामा नछुन पनि भनेका छन् । उनले मास्क र पीपीईको प्रयोगले मात्र कोरोना नियन्त्रण गर्न नसकिने तथ्य आफूहरुको अध्ययनबाट प्रमाणित भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया