Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

पाँचथर, १६ वैशाख । पाँचरथरमा बिना अनुमति नागरिकलाई जिल्ला प्रवेश गराउन निषेध गरिएको छ ।

विना अनुमति तथा पूर्व तयारी बिना नागरिकलाई सवारी साधनको प्रयोग गरेर राजधानी तथा अन्य स्थानबाट निरन्तर प्रवेश गराउन थालेपछि कोरोना भाइरसको संकट व्यवस्थापन समितीले जिल्ला प्रवेश निषेध गरेको हो ।

जिल्लावासीमा त्रास उत्पन्न भएको तथा क्वारेन्टाईनमा राखेर मात्रै गाउँघरमा पठाउनुपर्ने गुनासो सर्वत्र उठेपछि थप क्वारेन्टाइनको समेत व्यवस्थापन गर्न समस्या भएकाले बिना अनुमति नागरिकलाई जिल्लामा प्रवेश गराउन कडाई गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।

यसअघि पनि बिना पूर्व तयारी ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट आएकाले उनीहरुलाई क्वारेनटानमा व्यवस्थापन गर्न समस्या भएको उनले बताए ।

काठमाडौंबाट मात्रै पछिल्लो समय २ सय ९८ जना जिल्ला भित्रिएपछि उनीहरुलाई क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्न समस्या भएको छ ।इमेजखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments