Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

रुपक अधिकारी

यो लकडाउन कहिले सम्म भन्ने टुङ्गो नभएको अवस्था छ । यो क्रम ६ महिना अथवा १ वर्ष अथवा त्यो भन्दा बढीसम्म जारी हुनसक्ने सम्भावना छ । यदि त्यो भएको खण्डमा चाहिँ तपाईंका योजना के के छ्न ? के आलस्य पिएर जिन्दगी अँध्यारोमा धकेल्न लागिरहनुभएको त छैन ? तपाईंको जीवन शैलीमा परिवर्तन आउला कि न आउला ? त्यस अवस्थामा आफुले आफुलाई कसरी व्यस्त राख्ने अथवा त्यो अवस्था कसरि चाहिँ एउटा सामान्य दिन बिताउने सोच राख्नु भएको छ?

कसैले मेरो फुर्सदलाई चोटिल प्रहार गर्यो । प्रश्नका प्रहार बडो मीठोगरि मनमा चस्स गढ्यो । तर प्रहारले दःुखको अनुभव रत्तिभरपनि भएन । बरु प्रश्ननै नहुँदो हो त जिन्दगी कहाँ धकेलिँदो हो ? साँच्चै आलस्यले हामीलाई ब्ल्याकहोलमा पुर्याउँथ्यो कि हिजो जे अवस्थामा हामी थियौं त्यहीँ रहनेछौं ?

समयले पनि धेरै कुरा सिकाउँछ र यो समयमा कुनै अध्याय नछुटोस् । सुनेर , देखेर , पढेर नबुझेको कुरा अनुभवले सिकाउँछ । रेसम किराको जीवन चक्रमा जस्तै आज म अनुभव गरिरहेको छु । मैले पढ्दा अनुभवको गुथ्थी बुझेको थिईन । अल्छी किरोको जिन्दगी बुझेर पनि के काम ?
अनेकन मुश्किलले जकडिएको हाम्रो राज्यलाई जोगाउँदै संविधान जारी गर्यौं । तर संविधानभन्दा अगाडिको भुकम्पले हामिलाई पहिलेनै धेरै पछाडी धकेलिसकेको थियो । संविधान पछ्याउँदै आएको नाकाबन्दिले हामीलाई अँध्यारोबाट अंधकारमा नै पुर्यायो । त्यस्पछिको हाम्रो देश यस्तो अवस्थामा पुग्यो कि हामी सारा नेपाली कर्मशील मौरी बनेर जुट्नुपर्ने अवस्था आयो । त्यसमाथी भ्रष्टाचार र राजनैतिक खिचातानीले हामी बर्षौं पछाडि धकेलिंदै गयौं । बलेको आगोमा घिउ थप्न एउटा माहामारी जन्मियो । हाल बिश्वमा फैलिएको माहामारिको कारण हामी पनि पिडित छौं । कोरोना अर्थात् कोभिड – १९ का कारण चाहेर पनि आफ्नो गुजरबसर गर्न सकिरहेका छैनौं । अब यस्तो अबस्थामा के गर्ने त हरेक मानसपटलमा यही सवाल हतौडा लिएर किल ठोकिरहेको छ ।

मौरिको जीवन अनुसरण गर्नुपर्नेबेलामा रेसम किराको जीवन चक्र ज्युनु परेको छ । जसरी अन्डा पछि लार्भा र प्युपाको चरण पार गरेपछी रेसम किराको जिन्दगी पुर्ण हुन्छ । हाम्रो जिन्दगीले पनि अनेकन परिस्थिति पार गर्नुपर्छ । हामीले आफुलाई पुर्ण बनाउनु छ । यो दौड हो तर यो दौडमा हामी कोहिपनि घरबाट बाहिर बिनाकारण निस्कने छैनौं । आफैलाई कैद गरेर हामी जित्नेछौं । कैदी जीवन बाँच्दै गर्दा हामी अल्छी लाग्यो भनेर आलस्यलाई मात दिन केही गर्नेछैनौं । यो समयमा हामी यहि किरालाई हेरेर केही सिक्नेछौं । केही प्रतिफल दिनेछौं । रेसम किरा एकदम फलदायी मानिन्छ तर यो फलदायी किरापनि आलस्यको पहाड फोडेर मात्र तयार हुन्छ ।

हामी लकडाउनमा छौं अर्थात् आलस्यको पहाड चढ्दैछौं । यो समयको प्रतिफल तयार गर्नु जरुरी छ । लकडाउन अब केही दिनमा मात्र सिमित नहरन सक्छ यस्तो अवस्थामा म अर्को उपन्यासमा काम गरिरहेको छु । हामी त कथाको खोजिमा बजार डुलिसकेपछी एकान्तबासनै चाहन्छौं आज संयोगले त्यो मौका नखोजिकन पाइएको छ र म यसको सहि सदुपयोग गर्न लागिरहेको छु । तर यो समय हामिलाई कमजोर बनाउन कुनै कसर छोड्दैन तब के गर्ने ? तपाईं यो समय के गर्नुहुन्छ ? यो समय फलदायी बनाउनुपर्छ । हामी घरपरिवारसँग व्यतीत गर्ने समय नपाएर जति दुख पोक्थ्यौं आज त्यति सन्तुष्ट हुन जान्नुपर्छ । आफ्नो बालबच्चालाई पुराना कुरा सिकाउनुस । संस्कार र अध्यात्म सिकाउने यो सहि समय हो । आलस्यले डिमोटिभेट गर्न सक्छ तब के गर्ने ? त्यसैले घरमै ब्यस्त हुने अनेकन उपाय पत्ता लगाउनुस ।

भागवत श्रवण गरेर म आफुलाइ मोटिभेट गराइरहेको छु ताकी म उठ्न सकौं । आफुले जानेका अनुभव अरुलाई सुनाउन सकौं । जसरी आफ्नो जिन्दगी सहि ढंगबाट ज्युँदा मात्र पनि रेसम किराले प्रतिफलस्वरुप रेसमको धागो दिन्छ त्यसरिनै म पनि नेपाली साहित्य जगतलाई प्रेम गर्ने मनहरुलाई प्रेमिल उपहार दिन सकुँ र यो समयमा मेरो सम्पुर्ण ध्यान यसैमा केन्द्रित रहनेछ ।

समय लम्बिदै गएको खण्डमा दिमागका मयुर नृत्य गरिरहेको कथालाई चलचित्रको रुप दिने सपनामा पनि काम गर्नेछु । घरपरिवार र स्वास्थको ख्याल गर्दै घरैमा रहि कल्पनाको काखमा सृजनाको हातले रचना गरिरहनेछु । तपाईं पनि आफ्नो क्षमता पहिचान गरि ज्योतिको झिल्को सल्काउनुस । एउटा सलाइको काँटिले मात्र घरको सबै दियो बाल्न सक्छ । रामजी बनाबास गएर जितको अध्याय लेख्न सफल राजा बनें । भगवानका अवतार बनें । हामी पनि बनबासमा छौं अब हाम्रो हातमा छ हामी कस्तो अध्याय लेख्न चाहन्छौं ।

कोरोना संक्रमण साम्य भएपछी हाम्रो देशको लागि ठूलो चुनौती थपिने छ । चुनौतीसँग अवसर जोडिएको हुन्छ हामिले त्यसलाई पहिल्याउन सकेमात्र देश सहि दिसामा अघि बढ्नेछ । रेमिट्यान्सले धानेको अर्थतन्त्र अहिले खस्किरहेको छ अब धेरै बिदेशीएका जनशक्ति घर फर्किनेछन् । हामी कृषि क्रान्ति , औद्योगिक क्रान्तिको कुरा गर्छौं त्यो अवसरको बल अब हाम्रो पोल्टामा परेको छ । हामी बललाई सानदार छक्कामा बदलेर एउटा नयाँ अध्याय अवस्य लेख्नेछौं । त्यसैले आज हठात नबनौं , संयमता अपनाएर यो युद्ध जितौं ।

१२ वैशाख २०७७ शुक्रवार , गौरादह नपा –१ , झापा

तपाईको प्रतिक्रिया