Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनर,६ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले आज शनिबार अबेर गरेर भर्खरै गरेको अद्यावधिक विवरण अनुसार कोभिड–१९ संक्रमण पुष्टि भएको संख्या ३१ रहेको पुगेको छ ।

शनिबार एक जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। उनको उमेर ६५ वर्ष भएकोसमेत मन्त्रालयले जनाएको छ। उनको विवरण खुलेको छैन ।

३१ जनामा संक्रमण देखिए पनि तीन जना भने निको भइसकेका छन्। २ काठमाडौंकी युवती र बाग्लुङकी बृद्धा शनिबार उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् ।

शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो।

तपाईको प्रतिक्रिया