Online Bichar
सोमबार, भाद्र २९, २०८३ | Monday, September 14, 2026

काठमाडौं, ३ बैशाख २०७७ । नेपालमा हालसम्म आरडिटी र पिसिआर गरी १५ हजार ८ सय जनाको नमुना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत ८ हजार ९ सय २९ जनाको आरडीटी र ६ हजार ८ सय ७१ जनाको पिसिआरबाट गरी कूल १५ हजार ८ सय जनाको कोरोना परीक्षण भएको जानकारी दिएका हुन्।

‘हालसम्म ८ हजार ९ सय २९ जनाको आरडीटी र ६ हजार ८ सय ७१ जनाको पिसिआरबाट गरी कूल १५ हजार ८ सय जनाको कोरोना परीक्षण भएको छ’, उनले भने, ‘१४ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी सुरु गरिएको छ।’

कोरोनाको उपचार गराइरहेका १५ जनाकै अवस्था सामान्य भएको समेत उनले बताए। हाल पाटन, टेकु, वीरगञ्ज, बाग्लुङ र कैलालीमा उनीहरुको उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार सरकारले आरडीटी गरिने परीक्षण अब १४ जिल्लामा बाँकी छ। जनाइएअनुसार प्रदेश नम्बर १ को ७ जिल्ला प्रदेश २ को ३ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला, प्रदेश ५ को १ जिल्ला र कणाली प्रदेशको २ जिल्ला बाँकी रहेका छन् । बागमती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा यो सेवा पुगिसकेको छ ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित नभेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। नेपालमा हालसम्म १५ हजार ८ सय जनाको नमूना परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments