Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

श्याम न्यौपाने

आजभोलि नेताजी गाऊँमा
आइदिए हुन्थ्यो लाग्छ
नेताजी सँगै राहतको पोको
ल्याइदिए हुन्थ्यो लाग्छ
नेताजी सँग मोबाइल फोन
आइदिए हुन्थ्यो लाग्छ
एउटा फोटो फेसबुकमा हाल्दिए हुन्थ्यो लाग्छ
हिजोआज नेताजी गाऊँमा आइदिए हुन्थ्यो लाग्छ ।

भोट माग्न अस्ति अस्ति आको नेता
उपभोक्ता समिति बनाउन आको नेता
राहत बाँड्न आउनु भाछ
एकपोका तेलको फोटो खिच्नु भाछ
लाइक र कमेन्ट मनग्यै पाउनु भाछ
नेता भनेको नेता नै हो
तिनै नेताजी गाउँमा आइदिए हुन्थ्यो लाग्छ
राहतको पोको सँगसगै आइदिए हुन्थ्यो लाग्छ ।

नूनको पोका कहाँ बाट ल्यायौ
सोध्ने छैनौ हामी
चामलको वजन कति केजी छ
नाप्ने छैनौ हामी
चामलमा खुदी मिसियो मिसिएन
केलाउदैनौ हामी
दालमा ढुइ्गा छ छैन हेर्ने छैनौ हामी
नेता भनेको नेतै हो
तिनै नेताजी गाउँमा आइदिए हुन्थ्यो लाग्छ
नेता सँगै राहतको पोको आइदिए हुन्थ्यो लाग्छ ।

तपाईको प्रतिक्रिया