Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २७ चैत्र । लकडाउनका कारण काठमाडौँ उपत्यकामा रोकिएकाहरुलाई शुक्रबार र शनिबार गाउँ फर्कन जान दिइने निर्णय रद्द भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।

‘छलफल मात्र भएको, निर्णय भएको होइन भन्दै अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया