Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २६ चैत्र । देशैभरका पशुपालक किसानलाई घरैबाट भिडियो परामर्श लिन सकिने गरि सेवा दिइने भएको छ । पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनले भिडिओे कन्फ्रेन्समार्फत सेवा दिने भएको हो।

लकडाउनका कारण पशु चिकित्सकको सेवा पाउन नसकेका कृषकलाई सहयोग पुर्‍याउन भेटेरिनरी टेलिपरामर्श सेवा सञ्चालन थालिएको संघले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले पशुका प्रकार र उनीहरुको उपचारमा संलग्न हुने प्रदेशगत चिकित्सकहरुको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

पशुपालक किसानले आफ्नो पशुमा देखिएको समस्या भिडियोमार्फत चिकित्सकलाई सोध्न पाउने संघका अध्यक्ष शीतलकाजी श्रेष्ठले जानकारी दिए । कुकुर, बिरालो, गाई, भैंसी, बाख्रा, माछा र कुखुरामा देखिएको समस्याबारे कृषकले जानकारी लिन सक्ने संघले स्पष्ट पारेको छ ।अनलाइनखबर

पशुपालकले सम्पर्क गर्न सक्ने प्रदेशगत चिकित्सकहरुको सूची

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया