Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २४ चैत्र । कोरोना भाइरस(कोभिड-१९)को संक्रमण बढ्न नदिन दुई हप्तादेखि जारी रहेको लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार(आज)को मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत्र २५)सम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया