डण्डिराज घिमिरे

बालुवा गिट्टी निचोरी तिमी भट्टीमा पिउछौ
मुतको न्यानो क्षणिक स्वर्ग ठाँटले जिउछौ

कोदाली सम्म छैन नी यन्त्र ठेक्काको दलाल
बीचमा पस्छ नेताको चम्चा ठेक्दार बेहाल

योजना आयो विकास होला जनता रमेका
पार्टीका ठालु मौकामा चौका भनेर जमेका

सदस्यदेखि मेयरसम्म ठेक्काको दाउमा
सेटिङ मिल्छ टेन्डर पर्छ माफिया नाउँमा

भतिज भान्जा ज्वाइ र शाला दलाल अगाडि
चम्चाले भाग मिलाको हुन्छ ठेक्दार पछाडि

विकास ढाँटी मोटायो नेता सलामी नोटको
बजेट जति खल्तीमा हाल्छ चिन्ता छ भोटको

गलामा माला फुर्कदै आफै शिलान्यास् गरेको
बाटो र पुल बर्सौं भो थाल्या खै कहाँ पूरा भो ?

जनता ढाँटी सपना कुल्चि आफू चै बद्लियौ
समाज सेवा छोडेर किन? दलाल  भैदियौ
                                     नेता दलाल भैदियौ ।

तपाईको प्रतिक्रिया

Comments