Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १८ चैत्र । कोरोना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका गरिब तथा बिपन्न परिवारलाई संघ संस्था तथा क्लबहरुले खाद्यान्न वितरण गर्न सुरुगरेका छन् ।

गौरादह क्षेत्रमा लायन्स क्लब अफ गौरादहले पहिलो चरणमा गरिब दुखि लाई खाद्यान्न सामग्री वितरण गरेको छ । लकडाउनका कारण आवतजावत बन्द भएपछि जनमजदुर गरि काम गर्न नपाएपछी खाद्यान्नको समस्या समाधानका गर्न राहात स्वरुप खाद्यान्न सामग्री वितरण गर्ने कार्य सुरु गरेका छन् ।

लायन्स क्लब अफ गौरादहले नगरपालिका भित्रका वडा नं १,२ र ३ भित्र रहेका जनमजदुरको काम गरिखाने गरिब तथा बिपन्न परिवारका घर आँगनमा पुगेर खाद्यान्न सामग्री वितरण गरेको क्लबका अध्यक्ष जीवन कुमार राईले बताए । लकडाउनका कारण बिपन्न परिवारहरुले रोजगारी नपाएपछि खाद्यान्न अभाव हुन नदिन २१ घरपरिवारलाई राहात सामग्री वितरण गरेको क्लबका जोन पर्सन भुपाल राज कटुवालले जानकारी गराए ।

वितरण गरिएको खाद्यान्न सामग्रीहरुमा प्रति परिवार २५ के.जि.चामल, १ के.जि. दाल,नुन १ के.जि. तेल १ लिटर र २ प्याकेट चाउचाउ वितरण गरेका छन् । राहात सामग्री पाएका गौरादह(१ निवासी हिमाल ताजपुरियाले काम गर्न नपाएर घरमै बसिरहेको समयमा केही दिनका लागि भएपनि खाद्यान्न सामग्री पाएकोमा खुसी व्यक्त गरे।

तपाईको प्रतिक्रिया