Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १८ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको सो मन्त्रालयले जनाएको छ ।

‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार १४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको हो ।
उनले काठमाडौं उपत्यकामा चार र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिएका छन् । हालसम्म प्रदेशमा दुई सय जनाको नमुना सङ्कलन भएको जानकारी दिँदै उनले परीक्षणको दायरा बढाइएको र हालसम्म ९९३ जनाको नमुना परीक्षण भएको बताए । उनका अनुसार थप ७६ जनाको नमुना सङ्कलन भएको छ ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमुना परीक्षण सुरु गरिएको तीन दिनमा १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा एक हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ । प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गरेका छन् ।गोरखापत्र

तपाईको प्रतिक्रिया