Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

धनगढी, १४ चैत्र । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए ।
चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै उनी काठमाडौं आइपुगेका थिए । भोलिपल्ट ड गते बुद्ध एयरको उडानबाट नेपालगञ्‍ज उत्रिएका उनी त्यहाँबाट माइक्रो हायसमा धनगढी आइपुगेको जिल्ला प्रहरी कार्यालय धनगढी स्रोतले जनाएको छ ।

उनी दुई दिन घर बसेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा बस्दा उनको परिवार र नातागोतासँग सम्पर्क भएको थियो । शुक्रबारसम्म उनको परिवारका कुनैपनि सदश्य आइसोलेसनमा बसेका छैनन् । रुघाखोकी र ज्वरो आएपछि उनी आफैं अस्पताल पुगी भर्ना भएका थिए । अस्पतालले उनको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उनमा संक्रमण भएको पुष्टि गर्यो ।

दुबईमा बैदेशिक रोजगारीमा रहेका उनी घर फर्कने क्रममा धनगढी पुग्दासम्म बाटोमा कतिजनासँग उनको सम्पर्क भयो भन्ने अझै यकीन छैन । उपचारमा संलग्न डाक्टरका अनुसार ३४ बर्षीय ती युवाको स्वास्थ्य अवस्था हालसम्म चिन्ताजनक छैन ।

सेती प्रादेशिक अस्पतालले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार हालसम्म अस्पतालमा १९ जनालाई आइसोलेसन वार्डमा राखिएको छ। सबैको स्वाबको नमूना परिक्षाण गर्ने क्रममा हालसम्म ८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । १० जनाको रिपोर्ट आउन बाँकी छ । ८ जना सञ्चो भएर डिस्चार्ज भइसकेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया