Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरीगंज, १४ चैत्र । मुलुक भर लकडाउन गरिएको समयमा मोटर साइकल चलाएर लकडाउन उल्लंघन गर्ने व्यक्तिको मोटरसाइकलको चाबी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न लकडाउन गर्नुको साथै सबैलाई घरभित्र बस्न आव्हान गरिएको समयमा मोटर साइकल लिएर गौरीगंज क्षेत्रमा घुम्न निस्किएका १४ जनाको मोटर साइकलको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो। मोटर साइकलमा आएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई उनीहरुको मोटरसाइकलको चाबी प्रहरीले खोसिएको छ । लकडाउन गरिएको चौथो दिन गौरीगंज क्षेत्रका बजार तथा चौक क्षेत्रमा भिडभाड कम गर्न प्रहरीले विशेष कडाइका साथ निगरानी बढाएको छ ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन सुचना प्रवाह गरिएपनि अटेर गरि बाहिर हिड्नेलाई कार्वाही स्वरुप मोटरसाइकलको चाबि खोसेर घर पठाइएको ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईले जानकारी गराए। उनीहरुलाई सम्झाई बुझाई चाबी नदिई घर पठाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी गराएका छन् । गौरीगंज गाउँपालिका क्षेत्र आसपास रहेको मोटरसाइकल चालकहरुले भने प्रहरीले चाबी खोसेपछि मोटरसाइकल गुडाएर लगेका थिए । सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउनलाई सबैले पालना गर्न प्रहरी निरीक्षक भट्टराईले आग्रह गरेका छन्।

यस्तै, ईलाका प्रहरी कार्यालय गौरादहले अति आवश्यक काममा निस्किएकालाई छुट दिएको छ । सहज परिस्थितिमा आएकाहरुलाई फर्काइएको ईलाका प्रहरी कार्यलय गौरादहका प्रमुख बिनोद श्रेष्ठले जानकारी गराए । हाल सम्म मोटर साइकल तथा चाबी नियन्त्रणमा लिने परिस्थिति नआएको पनि प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया