Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

नेपालगञ्ज, १० चैत्र । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।

एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार अहिले करिव २०० मानिस छन् र, उनीहरुको स्वास्थ्य जाँच भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया