Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

विराटनगर , ९ चैत्र । विराटनगरमा लुकाएर राखेको अवस्थामा ११ हजार थान मास्क बरामद भएको छ । आइतबार विराटनगर-९ घोगापुल चोकमा राजेश अग्रवालले सञ्चालन गरेको श्री सुर्जी इम्पेक्समा छापा मारेको अनुगमन टोलीले एघार हजार ३५० थान मास्क बरामद गरेको हो ।

बजारमा मास्कको अभाव भएको अवस्थामा कालोबजारी गरेको सूचना पाएपछि विराटनगर महानगरपालिका, औषधि व्यवस्थापन कार्यालय र प्रहरीको टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा बोरामा लुकाएर राखेको अवस्थामा ११ हजार ३५० थान मास्क र सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया