Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २ चैत्र । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले कृषि विकास शाखा गौरादहले आइतबार(आज) नगरपालिका भित्रका किसानहरुलाई कृषि औजार वितरण गरेको छ ।

कृषकहरुको जिवनस्तर माथि उकास्ने उद्देश्यले गौरादह नगरपालिकाले कृषि विकास शाखा अन्तर्गत ५० प्रतिशत अनुदानमा इलेक्ट्रीक स्पेयर टयाङ्की र धान काट्ने हाते रिफर वितरण गरेको हो ।

गौरादह नगरपालिकाले हाते रिफरमा २ लाख र स्पेयर टयाङ्कीमा २ लाख रुपैयाँ लगानी गरेको छ भने, स्पेयर टयाङ्की लिने किसानले २ हजार २ सय हाते रिफर लिने किसानले १२ हजार ५ सय प्रति किसानले जम्मा गरेका थिए ।

कृषि विकास शाखाले यस पटक ९१ थन स्पेयर टयाङ्की र १६ थान धान काट्ने हाते रिफर वितरण गरेको छ । हाते रिफर १३ वटा कृषक समूह, ३ जना किसानलाई र स्पेयर टयाङ्की १६ वटा कृषक समूह, ४ वटा कृषि उद्यमी र ५५ जना किसानलाई वितरण गरिएको थियो ।

कृषि विकास शाखा गौरादह प्रमुख सनिता राई को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । गौरादह नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले किसानहरुको आर्थिक अवस्था र जिवनस्तर उकास्न कृषि सामग्री वितरण गरिएको जानकारी गराए । वितरण गरिएका सामग्रीहरु किसानहरुलाई प्रयोग गरि सहज रुपमा खेति गरि उत्पादन बढाउन अनुरोध गरेका छन् । त्यसअवसरमा उपमेयर गिता भेट्वाल, गौरादह नगरपालिका आर्थिक संयोजक गजेन्द्र घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी र वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्की लगायत कृषकहरुको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया