Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

भद्रपुर, २ चैत्र । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतबार काठमाडौं पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौं सिफारिस गरेका छन् ।

“कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गरिएको प्रजिअ रानाले भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।” रासस

तपाईको प्रतिक्रिया