Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्ताजिवत नाममा निर्णय गर्न नसक्दा समितिमाथि नै प्रश्न उठ्न पुगेको छ । सुनुवाई सकिएपनि प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय हुन नसकेपछि विभिन्न आशंकासँगै तर्क्विर्तक पनि जारी छन् ।

बुधबार निर्णय सुनाउन बसेको समितिको बैठक शुक्रबार १० बजे बस्ने निर्णय गर्दै सकियो । बुधबारको बैठकमा काङ्ग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरुले पार्टी नेतृत्वसँग थप छलफल गर्न समय मागेकाले कुनै निर्णय गर्न नसकेको समितिका सदस्यहरुले बताएका छन् ।

यतिसम्मकी बुधबारको बैठकमा काङ्ग्रेसका तर्फबाट सदस्यहरुले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न प्रस्ताव नै राखे । उनीहरुले बैठकमा काङ्ग्रेस सांसदहरुले जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन नगरे बैठक बहिस्कार गर्नेसम्मको चेतावनी दिए । प्रतिपक्ष जोशीको नाम अनुमोदन गर्नैपर्ने र सत्तापक्ष कुनै हालतमा गर्न नहुने भएपछि अब बस्ने शुक्रबारको बैठकले कस्तो निर्णय गर्ला सर्वत्र चासोका रुपमा हेरिएको छ । तर, शुक्रबारसम्म पनि काङ्ग्रेस सहमतिमा नआए सर्वसम्मत निर्णयका नाममा थप समय दिन नसकिने टुङ्गोमा सत्तापक्ष पुगेको छ । सहमति नजुटे प्रकृयमा गएर टुङ्ग्याउने अधिकार समितिलाई छ ।

के होला त शुक्रबार ?
समितिका सदस्य तथा नेकपाका सांसद सुमनराज प्याकुरेलका अनुसार अब समय थप गर्ने अवस्था छैन । सदस्य प्याकुरेलले समय थप्दै ४५ दिन कटाएर जोशीलाई स्वतः प्रधाननयायाधीश बनाउन काङ्ग्रेसले खोजेपनि त्यो पुरा हुन नदिने बताए । उनले भने, ‘१५ जना सदस्य रहेको समितिमा ४ जना प्रतिपक्षले बहिस्कार गर्ने्वित्तिकै बैठक नै नबस्ने परम्परा हो भने तोड्नुपर्छ ।’

उनले यदि शुक्रबार पनि काङ्ग्रेसले त्यस्तै अत्तो थापेर निर्णय प्रकृयामा नगए आइतबार संसदमा जोशीविरुद्ध महाअभियोग दर्ता गर्न सकिने बताए । ‘भोलि शुक्रबार १० बजे बैठक बस्ने,सकेसम्म प्रकृयामा गएर टुङ्ग्याउने । यदि टुङ्गिएन भने मेरो पार्टीलाई आग्रह हुन्छ आइतबार प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध संसदमा महाअभियोग दर्ता गर्नुपर्छ ।’ रातोपाटी अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments