Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट डिस्चार्ज भएपछि पनि सीमित भेटघाट गर्ने भएका छन् ।

अघिल्लो बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । अस्पतालमा उनले चिकित्सकबाहेक अरुलाई भेटेका छैनन् ।

आज बुधबार भने उनलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको भेट गराउने तयारी छ ।

साथै प्रधानमन्त्री ओलीलाई छिट्टै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार गइसकेपछि पनि प्रधानमन्त्री ओलीले केही समय सीमित भेटघाट गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

चिकित्सकहरुले कम्तीमा एक महिना रुघाखोकी लागेका तथा अरु संक्रमण भएका व्यक्तिहरुसँग नजिकबाट भेटघाट नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया