Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी
काठमाडौं, २८ फागुन । कोरोनाभाइरस प्रकोपले अहिले विश्वलाई आतङ्कित बनाइरहेको छ । डिसेम्बर महिनामा पहिलो पटक चीनको मध्य भागमा ऊहान सहरबाट देखिएको संक्रमणले अहिले विश्वको सयभन्दा बढी मुलुकका मानिसलाई प्रभावित बनाइरहेको छ ।

भाइरसका कारणले विश्वभर ४२ सय मानिस मरिसकेका छन् भने १,१५,८०० मानिस संक्रमित भएका छन् । चीनमा नयाँ संक्रमित हुनेको संख्या घटिरहेको छ तर अन्य देशमा भने यो रोग विस्तार हुन लागेको छ ।

प्रकोपले निम्न ११ देशलाई सबैभन्दा धेरै प्रभावित बनाएको छः

चीन- ८०,७७८ संक्रमित, ३,१५८ मृत्यु

इटाली- १०,१४९ संक्रमित, ६३१ मृत्यु

इरान- ८,०४२ संक्रमित, २९१ मृत्यु

दक्षिण कोरिया- ७,७५५ संक्रमित, ६० मृत्यु

जर्मनी- १,२९६ संक्रमित, २ मृत्यु

जापान- १,२६४ संक्रमित, १९ मृत्यु (यसमा डायमन प्रिन्स क्रुज जहाजको ६९६ संक्रमित पनि समावेश )

स्पेन- १,२०४ संक्रमित, २८ मृत्यु

फ्रान्स- १,११६ संक्रमित, ३० मृत्यु

अमेरिका- १००० संक्रमित, ३१ मृत्यु

बेलायत- ३८२ संक्रमित, ६ मृत्यु-

नेदरल्याण्ड- ३८२ संक्रमित, ४ को मृत्यु

तपाईको प्रतिक्रिया