Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बारा, २६ फागुन । इलाका प्रहरी कार्यालय सिमराले विप्लव नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला इन्चार्ज इन्द्रबहादुर परियारलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले हिजो राति बाराकोे जीतपुर बजारबाट परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका परियारको साथबाट ६ थान मोबाईल, विभिन्न दस्ताबेज,पर्चाहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बाराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

परियार एनसेलका टावरमा आगजानी, निजी बिद्यालय तथा ब्यापारीलाई चन्दा माग्ने कार्यमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ ।इमेजखबर

तपाईको प्रतिक्रिया