Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरीगंज, १९ फागुन । गौरीगंज गाउँपालिका वार्ड नं.६ स्थित खजुरगाछी साना किसान कृषि संस्थाले व्यवसायिक पशुपालन तालिम सम्पन्न गरेको छ ।

साना किसानको सभाहलमा सञ्चालन गरेको दुईदिने पशु पालन तालिममा गाई, भैसीं, बंगुर , बाख्राको व्यवसायिकरणका लागि प्रशिक्षण दिएको थियो ।किसानहरूलाई पशुपालनका लागि आकर्षण गर्ने उद्देश्यले संचालन गरिएको तालिममा संस्थाका ७५ जना सदस्यहरुको सहभागीता रहेको थियो।

साना किसान विकास लघुवित्त संस्था ईलाका कार्यालय विर्तामोडका प्रमुख योगराज दाहाल, कमल गाउँपालिका पशुसेवा प्रमुख बद्री भट्टराई, गौरीगंज पशु सेवा शाखाका घनेन्द्र भण्डारीले सहभागीहरूलाई दुधालु गाई भैसीको छनौट र नश्ल सुधार विधि, गाई भैसीको लागि गोठ व्यवस्थापन, गर्भिनी वा बच्चा भएका गाई भैंसी एवंम बाच्छा बाच्छीको व्यवस्थापन , गाई भैसीमा लाग्ने मुख्य रोग, रोगको पहिचान, रोकथाम र उपचार विधि, घाँस व्यवस्थापन गर्ने विधिका बारेमा प्रशिक्षण दिएका थिए ।

साना किसान कृषि सहकारी संस्था खजुरगाछी अध्यक्ष डिक कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न तालिममा वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा कार्यपालिका सदस्य राधा अधिकारी, संस्थाको बिमा समिति संयोजक ठगीमाया कोईराला, संस्थाका कार्यालय प्रमुख ओमप्रकाश ताजपुरिया, संचालक समिति सदस्य नोना चौलागाईलगायले बोलेका थिए ।

तपाईको प्रतिक्रिया