Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।

२०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।

त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया