Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

सिन्धुपाल्चोक, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए ।

त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया