बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

गौरीगंज, १६ फागुन । समाजमा हुनेगरेका घरेलु तथा लैंगिक हिंसा न्युनिकरण गर्न सहजताकालागि महिलाहरूलाई २ दिने तालिम संचालन गरिएको छ।गौरीगंज गाउँपालिका वार्ड नं.५ को आर्थिक सहयोगमा वडाका ५५ जना महिलाहरूलाई घरेलु तथा लैंगिक हिंसा न्युनिकरणका लागि तालिम दिईएको हो ।

ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई र अधिवक्ता लक्ष्मी खनाल कोईरालाले प्रशिक्षण दिईरहेका छन्।तालिममा लैंगिक हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, निवारणमा राज्यको दायित्व र लैगिंक हिंसा अन्त्य सम्बन्धमा विद्यमान कानूनी प्रावधान र व्यवस्थाको बारेमा प्रशिक्षण दिईएको थियो ।
प्रशिक्षक अधिवक्ता लक्ष्मी खनाल कोईरालाले विश्वमा महिलाको जनसंख्या आधा जति भए पनि उनीहरूको सामाजिक, आर्थिक, राजनैतिक र नीति निर्माण तहमा महिलाहरूको न्यून उपस्थिति रहेको बताएकी थिईन् ।

राज्यले निर्माण गरेका कानुनहरूमा पनि महिलाहरूलाई विभेद गरिएको र महिला तथा बालबालिकाहरूलाई तुलनात्मकरूपमा कम स्वतन्त्रता र अवसर दिईएको बताईएकी थिईन । ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले महिलाहरू माथि हुने हिंसा सामाजिक एवं कानुनी अपराध भएको बताउँदै महिला हिंसाले समाजलाई नै ध्वस्त पार्ने बताएका थिए ।

बाल विवाह, दाइजो प्रथाबाट समाजबाट मुक्त भए मात्र सभ्य समाजको निर्माण हुन सक्ने उनले प्रशिक्षणमा बताएका थिए।चेलीवेटी वेचविखन तथा ओसारपसार, बलात्कार , बहुविवाह जस्ता अमानविय क्रियाकलापबाट महिला हिंसा बढ्ने भएको हुँदा यसको विरूद्वमा राज्यले घटना नहुदै महिलालाई जोगाउने वातावरण सृजना गर्नु पर्ने प्रहरी निरीक्षक भट्टराईले बताएका थिए।महिला हिंसाबाट प्रवाहितहरूलाई राज्यले न्याय, राहत र पुनर्स्थापनाको व्यवस्था राज्यले गर्नु पर्ने प्रशिक्षण भट्टराईले बताएका थिए । गौरीगंज गाउपालिका वार्ड नं। ५ को ६० हजार रूपैयाँको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको आयोजना वार्ड नं. ५ स्थित महिला समिति गौरीगंजले गरेको थियो । समितिका अध्यक्ष दमयन्ती राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नं.५ का वडा अध्यक्ष विजय सिंह, वडा सदस्यहरू राजेन्द्र ताजपुरिया, देवनारायण सिंह गन्गाई, लिला गन्गाई, कोईली ऋषिदेव, महिला शसक्तिकरण गौरीगंजकी अध्यक्ष फुलवती राजवंशी, समितिका सदस्य मिरा ठाकुर, द्रोपती गन्गाईलगायतको सहभागिता थियो । मिहला समितिकी सदस्य मनिसा राजवंशीले स्वागत गरेको कार्यक्रममा लक्ष्मी ताजपुरियाले सञ्चालन गरेकी थिईन ।

तपाईको प्रतिक्रिया