Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक, साउन २ । चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् । चिनियाँ प्राविधिक याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले आजदेखि सर्वेक्षण शुरु गरेका हुन् । टोलीमा केही पूर्वाधार विज्ञ छन् भने अरु प्राविधिक हुन् ।

टोलीले झापाको मावा, रतुवा, कमलबनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको तठबन्धका लागि काम गर्ने छ । टोलीले पहिलो दिन आज झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गरेको छ ।

झापा क्षेत्र नं ५का प्रदेश सभा संसद माननीय झलक सिंह दर्लामीलका अनुसार जिल्लाका मुख्य सबै नदी नियन्त्रण गर्न गुरुयोजना बनाउने उद्देश्यले चिनिया प्राविधिक टोलीले स्थलगत अध्ययन शुरु गरेको हो ।

ती नदीहरूको अध्ययन गरी टोलीले सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम शुरु गर्ने सरकारी तयारी छ ।

चिनीयाँ टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्ने छन् । प्रदेश संसद दर्लामीले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि झापा आएको बताए ।

टोलीले झापाका नौवटा मुख्य नदीहरूको अवस्था र वस्तुस्थितिको अध्ययन गर्ने छ । झापाका यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लामा ४० हजार जनसंख्या प्रभावित हँुदै आएका छन् ।

तपाईको प्रतिक्रिया