Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १२ फागुन । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्धामा मुछिएकाहरु बिरुद्ध अदालतमा उपस्थित हुन धमाधम म्याद जारी गरेको छ ।

१ सय ७५ जनामा हालसम्म ५४ जनालाई पत्र काटिईसकेको छ । ठूला मुद्धा र प्रतिबादीहरुको संख्या अत्यधिक भएका कारण क्रमबद्ध रुपमा म्याद पत्र काट्ने गरेको बिशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयको भनाइ छ ।

अख्तियारले १ सय ७५ जनालाई प्रतिवादी बनाएकोमा तत्कालीन मन्त्रीहरु विजय गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीका नाममा दोस्रो चरणमा म्याद जारी गर्ने विशेष अदालतले जनाएको छ ।

अख्तियारले १ सय १० जनालाई कैद सजाय र बिगो माग दाबी गरेको छ भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्धा हालेको छ ।

तपाईको प्रतिक्रिया