Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, ९ फागुन । गौरादह नगरपालिका वडा नं. १ स्थित सैनिकटोलमा रहेको मोक्षेश्वर शिवालय मन्दिरमा सञ्चालन भइरहेको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आज (शुक्रबार)समापन भएको छ ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभएको थियो । त्यसअवसरमा उनले हाम्रो धार्मिक, साँस्कृतिक चाडपर्वको बारेमा नकारात्मक टिका टिप्पणी हुने गरेकोले सबैजना सचेत हुनुपर्ने बताए ।

महाशिवरात्रीको अवसर पारेर नवनिर्मित मन्दिरमा पण्डित आशुतोष खनालद्वारा अनावरणको कार्यक्रम गरिएको थियो । महायज्ञमा आचार्य श्री आषुतोष खनाल र पण्डीत दुर्गा प्रसाद दाहाल बाट महापुराण कथा प्रवचन हुनेछ । महायज्ञमा प्रत्येक साँझ पूजा अर्चना, आरती, पुष्पाञ्जली, मूलपाठ परायण, कथा प्रवचन, झाँकी प्रदर्शन र ८ गते साँझ लक्षवर्ती दीप प्रज्वलन, जाग्राम गरिएको पुराण आयोजक समितिले जनाएको छ ।

गत फागुन १ गतेदेखी ९ गते सम्म सञ्चालन भएको मोक्षेश्वर शिवालय मन्दिरमा चढेको रकमले मन्दिरको जग्गा थप्ने, मन्दिर निर्माणकार्यलाई पूर्णता दिइने, मन्दिरमा यज्ञशाला निर्माण गर्ने पुराण मूल समितिका सचिव देवेन्द्र कुमार खड्काले जानकारी दिए । यस्तै मन्दिरमा दिवाशत्र भजन कृतन कार्यक्रम सञ्चालन गर्नु का साथै नित्य पुजा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

यस्तैगरि मन्दिरमा लगाइएको महायज्ञ बाट के कती आर्थिक संकलन भएको छ यसको बारेमा केही दिन पछि पत्रकार सम्मेलन गरि पुराण मूल समितिले जानकारी दिने सचिव खड्काले जानकारी दिए ।

पुराणमा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाह, उपप्रमुख गिता भेट्वाल, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, दुर्गामन्दिरका अध्यक्ष खगेन्द्र कार्की लगायत भक्तजनहरुको सहभागिता रहेको थियो । पुराण मूल समिति संयोजक इन्दिरा बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुराण समिति सचिव देवेन्द्र कुमार खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया