Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ९ फागुन । गौरादह नगरपालिका वडा नं.१ निवासी घरवारविहीन भएकी एक महिला लाई वडा कार्यालयले घर बनाइदिने भएको छ। वडा नं.१ कि घर नभएकि संध्या राजवंशीलाई घर बनाइदिन लागिएको हो ।

आज एक कार्यक्रमका बिच वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भन्डारीले निर्माण गर्न लागिएको घरको शिलान्यास गरेका छन। गौरादह बासीका अधिकांश घरमा कल गाड्ने काम गर्दै आएका र पछिल्लो समय सिटि रिक्सा चलाई जिविकोपार्जन गर्दै आएका तरस राजवंशी केही महिना अगाडी रोगले ग्रसित भई उहाँ सँग भएको बस्ने घर जग्गा जमिन बेचबिखन गरि उपचारको क्रममा निधन भएको थियो ।

श्रीमानको निधन भएपछि घर चलाउन समस्या भएकोले लेवर काम गर्दै आएकि संध्यालाइ वडा कार्यलयले घर निर्माणकालागि १ लाख ५० हजार उपलब्ध गराउने वडाध्यक्ष भन्डारीले बताए। भन्डारीका अनुसार ३ कोठाको पक्की घर टिन छानो लगाएर बनाईने पनि जानकारी गराए।
घर निर्माणकालागि अपुग रकम दाता महानुभावहरुबाट सहयोग मागिने पनि जानकारी गराए। संध्यालाई उनकी छोरीले गौरादह -१ को चैतुचौकमा १० धुर जग्गा दान दिएकी थिइन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया