Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

तिब्र बिकास र समृद्धीको गतिमा अघिबढिरहेको भापाको गौरादह नगरपालिका हाँक्ने नेतृत्व पाएका लोकप्रिय ब्यत्तित्व मेयर रोहित कुमार शाहा संग अनलाईन बिचारका लागि सम्बाददाता झगेन्द्र खड्काले गर्नुभएको कुराकानी ः

अहिले नगरपालिका के गरिरहेको छ ?

स्थानीय निर्वाचनबाट हामी निर्वाचित भैसकेपाछि विकास निर्माणका कामलाई निरन्तरता दिइरहेका छौं । अहिले हामी नगरसभाबाट पारित भएका कामहरुलाई कार्यन्वयन गर्ने क्रममा लागिरहेका छौं । विकास निर्माणका कार्यहरु के कति पूराभए र कस्तो अवस्थामा छन् त्यसको अनुगमन गरिरहेका छौं ।
तपाईंहरु निर्वाचित भएको एक बर्ष भयो यस अवधिमा के के काम गर्नुभयो ?
गौरादह नगरपालिका भित्र विकास निर्माणका कामहरुलाई तिब्रता दिएका छौं । स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार क्षेत्र भित्र रहेर प्राथमिकिकरणका आधारमा कार्यसम्पादन अगाडि बढाएको छु । स्थानीय सेवाको ब्यवस्थापन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजना, भौतिक पूर्वाधार तर्फ सडक मर्मत र स्तर उन्नती, पुल–कलभर्ट मर्मत र निर्माण, स्थानीय बजार ब्यवस्थापन, मठमन्दीर संरक्षण, सिंचाइ ब्यवस्थापन तथा कषि क्षेत्रमा आधुनिकिकरण र ब्यवसायीकरणमा जोड, गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम, स्वास्थ्य शिविर संचालन, स्वरोजगारका लागि सिपमूलक तालिम, जैविक बिबिधता र वातावरण संरक्षरण लगाएतका कामलाई क्रमशः अगाडि बढाइरहेका छौं ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादहको नगर गौरबको आयोजना “गौरादह पोखरी संरक्षण निर्माण ” चालु आर्थिक बर्षमा किन संचालन हुन सकिरहेको छैन ?
यो नगर गौरबको बहुबर्षिय आयोजना हो । गौरादहलाई पूर्वकै प्रसिद्ध पर्यटकीय नगर निमार्ण गर्न पोखरी ब्यवस्थापन कार्यका लागि आवस्यक गृहकार्य गरिरहेका छौं । यसका लागि पोखरीको डिपिआर निर्माणको कामलाई चाँडै सम्पन्न गरि पोखरी विकास र प्रबद्र्धन को काम संचालन गरिने छ । हाम्रो कार्यकाल भित्र यो काम सम्पन्न गर्नेमा नगर कार्यपालिका विस्वस्त छ ।

निर्वाचनका समयमा नगरवासीहरुलाई समृद्ध नगर बनाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो जनताले अनुभुति गर्ने गरी के गर्दै हुनुहन्छ ?

हामीले गौरादह नगरलाई समृद्ध नगरबनाउने बाचा गरेका थियौं । त्यसका लागि योजना निर्माण सहित नगरपालिकाले काम गरिरहेको छ । गौरादह नगर भित्र बसोवास गर्ने अधिकांस किसान भएकाले कृषिलाई प्राथमिकतामा राखेका छौं । कृषि उत्पादन बढाई कृषि थोकबजार निर्माण गर्न जग्गा एकिकरणका लागि लेण्ड पोलिङ गर्न सम्भाव्यताको अध्ययन, दुर्गम बस्तिमा कृषि सडक पुर्याइ उत्पादनलाई बजार सम्म ल्याउन सहज बनाउने । गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखि क्याम्पसको ब्यवस्थापन सहित प्राबिधिक शिक्षामा जोड दिने । विद्यालय तहको शिक्षालाई थप गुणस्तरीय बनाउन निरन्तर प्रयत्न गरिरहेका छौं । गौरादहमा रहेका पोखरीहरु लाई नगर गौरबको आयोजनाको रुपमा अगाडि बढाउदै पर्यटन विकासको प्रबर्धन गर्न प्रदेश सरकार संग साझेदारी गरी काम अगाडि बढाउदैछौं ।

गौरादह नगरपालिका भित्रका “लक्षित बर्ग” का लगि के कस्ता काम भैरहेका छन् ?

गौरादह नगरपालिका भित्र आदिवासी, जनजाती, सिमान्तकृत र पिछडा बर्गका समुदायहरुको बसोवास रहेको छ । उनीहरुलाई आत्मनिर्भर एवं स्वरोजगार बनाउन सिपमूलक तलिमको ब्यवस्था गरेका छौं । लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने तयारीमा छौं । अपांग ब्याक्तिहरुका लागि सपोर्ट सामाग्री वितरण, एकल महिलाहरुका लागि बाख्रा वितरणका साथै स्वरोजगरमूलक कार्यक्रमहरु संचालन गरेका छौं ।

गौरादह नगरपालिका मुख्य समस्या के के देख्नुभएको छ ?

गौरादह नगरपालिका भित्र थुपै चुनौतिहरु छन् । ती मध्ये मुख्य समस्याहरु नगरमा आकस्मिक सेवा सहितको अस्पताल, खोला तटबन्धन, सबै वडाहरुलाई जोड्ने रिंगरोड सहितको कालोपत्रे सडक, स्वस्थ खानेपानीको वितरण, जनचेतनाको कमी, लेण्ड फिल्ड साइट निर्माण र सरसफाई, बसपार्क निर्माण, ब्यवस्थित खेलमैदान तथा कबर्डहल निर्माण लगाएत रहेका छन् ।

नगरपालिका कार्यलयमा कर्मचारीहरुले नटेर्नेगरेको नगरवासीको गुनासो छ नि ?

राष्ट्रसेवक कर्मचारीको काम नै नागरिकको सेवा गर्ने हो । नगरपालिका भित्र कार्य सम्पादनमा खासै त्यस्तो समस्या छैन् । जनशक्ति अभावको कारण केही समस्या आएको हुनसक्छ । नगरपालिकाको कार्यलयमा रेखदेख, निर्देशन र नियन्त्रण काम कर्तब्य र अधिार क्षेत्र भित्र रहेर मेयर, उपमेयरले गरिरहेका छौं । आस्यक कागजात पूरा भएका सेवाग्राहीको काम तत्कालै भएको छ । सेवाग्राहीलाई शु–सासनको अनुभुति गराउने छौं । यदी कसैको गुनासो रहेमा मेयर वा उपमेयरलाई भेटेर जानकारी गराउन अनुरोध गर्दछु ।
आगामी आर्थिक बर्षको बजेटमा नगर विकासको लागि के कस्तो योजना अघिसार्दै हुनुहुन्छ ?
सक्षम, समृद्ध, शभ्य र शान्त हाम्रो गौरादह निर्माण विकास हामी सबैको चाहना हो । आगामि आर्थिक बर्षको बजेटका लागि वडा स्तरीय योजना तर्जुमा सुरु भैसकेको छ । नगरको विकासका लागि सामाजिक, आर्थिक, भौतिक, महिला तथा बालबालिका, स्वरोजगारका कार्यक्रमहरु, बिपद ब्यवस्थापन, कृषि सिंचाई , भूमी सुधार, पर्यटन, खानेपानी, शिक्षा स्वास्थ्य लगाएतका बिषयहरु लाई समेटेर योजना ल्याउने तयारीमा छौं ।
तपाईको प्रतिक्रिया