Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ७ फागुन । झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट प्रहरीले १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार छन् । उनीहरुले बोकेको झोला खनतलासी गर्ने क्रममा चाँदी र तामाका सामान बरामद भएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए ।

बरामद सामान ९ लाख ९८ हजार रुपैयाँ बराबरको भएको कोइरालाको भनाइ छ । बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया