Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरिगंज, २६ माघ । गौरिगंज गाउँपालिका वार्ड नं.३ का जेष्ठ नागरिकहरूलाई स्वागत गर्दै भ्रमणका लागि विदाई गरिएको छ । वडाका ३० जना जेष्ठ नागरिकहरूलाई वडा कार्यालयले फुलमाला लगाएर आईतवार प्रसिद्ध धार्मिक स्थल पाथिभरा देविको मन्दिर भ्रमणका लागि विदाई गरिएको हो।

प्रकृतिले नै जिवनको उत्तरार्धमा जेष्ठ नागरिकको शरीर र मस्तिष्क कमजोर बनाई शिथिल अवस्थामा पुग्ने भएकाले केही हदसम्म राहत दिनकालागि भ्रमणमा लगिएको वार्ड नं. ३ का अध्यक्ष मखना महतोले बताए । जेष्ठ नागरिकहरुलाई १ दिनको पाथीभरा मन्दिर भ्रमणले उहाँहरूको शारीरिक र मानसिकरूपमा स्वस्फूर्त रुपमा ताजगी ल्याई दैनिकी रहनसहनमा सहजता ल्याउन वडा कार्यालयको ६४ हजार रूपैया वार्ड सिलिङ्ग बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष महतोले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

त्यसैगरी वडा कार्यालयले वार्ड नं.३ मा बसोबास गरेका मधेशी, आदीवासी-जनजाती, दलित, मुस्लिम तथा अपांगलाई निःशुल्क पानी छान्ने फिल्टर वितरण गरिएको छ ।आर्सेनिकयुक्त पानीबाट सिर्जित रोगबाट वच्न लक्षित वर्गका ९२ घर परिवारलाई निःशुल्कमा फिल्टर वितरण गरिएको छ । वडा कार्यालयको वार्ड सिलिङ्ग बजेटबाट लक्षित वर्गका आदिवासी जनजातिको ९६ हजार, मेधेशी, मुस्लिम, पिछडावर्गको ९६ हजार, दलितको ५० हजार र अपांग वर्गको ५० हजार रूपैयाँ लागतबाट खरिद गरि फिल्टर वितरण गरिएको वार्ड नं.३ का वडा सचिव अजय साहले जानकारी गराए।

गौरीगंज गाउँपालिका वडा नं.३ का अध्यक्ष मखना महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड सदस्यहरू सरिता सेर्पा, हेमा आचार्य , भवेश दास, सोम्नी पासवान, पुर्व गाविस अध्यक्ष विश्वराज रिजाल, गौरीगंज मावि प्रअ गोविन्द घिमिरे, ईलाका प्रहरी कार्यालय गौरीगंजका ईन्चार्ज गणेश भट्टराई, सशस्त्र प्रहरी वल गौरीगंजका ईन्चार्ज साइमन श्रेष्ठ, जनजगृति युवा क्लबका अध्यक्ष श्रवण गिरी, स्नोह्वाई वोर्डिङ्गका प्रिन्सिपल गोपाल राजवंशीलगायतको उपस्थिति थियो । वार्ड नं। ३ कि वडा सदस्य हेमा आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अजय साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया