Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, २२ माघ । कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दै जादा लगानी अनुसारको प्रतिफल नपाएपछि निराश भएका किसानलाई चुडाल खरिदबिक्री केन्द्र गौरादहले खेती प्रणालीमा प्रोत्साहनका कार्यक्रम अघि सारेको छ।

परम्परागत खेती प्रणालीबाट खेती गर्दा दुख, कष्ट र झन्झट व्योहरी रहेका किसानलाई आधुनिक उपकरण भित्रीए संगै खेती गर्न सहजता भएपनि लगानी गरे अनुसार प्रतिफल नपाएको गुनासो गरिरहेका छन।

किसानहरुले लगाएको बालि उठाएपछि बिक्री गर्ने समयमा मुल्य कम हुन्छ । दुख कष्ट र लगानी गरेर बालि उठाएपनि उचित मुल्य नपाए पछि केहि किसानहरुले खेतिको विकल्प समेत खोज्न थालेका छन। परम्परा देखि लगाईदै आएको धान तथा मकै खेतीमा विभिन्न प्रकारका रोग लागेर हैरान भएका किसानहरुलाई खेतीमा आकर्षण बढाउन रोग निवारणको तालिम दिनुको साथै चुडाल खरिदबिक्री केन्द्रले बिउबिजन समेत वितरण गर्दै आएको छ।

किसानहरुलाई राहत दिने उदेश्यले खेत जोते बापत लिईने शुल्क समेत घटाईने चुडाल खरिद बिक्री केन्द्रका प्रोप्राइटर असोक चुडाल बताउछन। उनका अनुसार आफुले किसानकालागि खेतीमा प्रयोग हुने प्राय सबै प्रकारका उपकरण रहेकाले किसानहरुले सहज रुपमा बालि लगाउन सक्ने प्रोप्राईटर चुडाल बताउँछन्। फालि लगाएर खेत जोते बापत प्रति घन्टा ९ सय र रोटाबेटर प्रयोग गरेमा प्रति घन्टा १ हजार ४ सय मात्र लिने प्रोप्राईटर चुडालले घोषणा गरेका छन। यस अघि सबै ट्याक्टर धनिहरुले फालि प्रयोग गर्दा १ हजार र रोटावेटर प्रयोग गर्दा १ हजार ६ सय लिई रहेका छन।

मकै खेती गर्ने किसानहरुलाई मेसिनबाट मकै रोपिदिने, मेसिनबाट मकै छोडाई दिने र सुकाएर उचित मुल्यमा खरिद गरिदिने चुडाल बताउँछन्। मकै खेतीकालागि किसानले पानी लगाउने, गोडमेल गर्ने र मल लगाउने मात्र काम गर्नु पर्ने बताए। किसानहरुका लागि खेत जोत्ने देखि बिउबिजन वितरण गर्दै उत्पादित बालि समेत खरिद गर्ने भएकाले किसानहरूले राहत पाउनु पर्ने उनको भनाई छ।

खेती गर्ने किसानहरुकालागि त्यस तर्फ प्रोत्साहन गर्न किसानले लगाउने बालिको उत्पादन बढाउन र रोगबाट बालि जोगाउन कृषि प्राविधिक ल्याएर तालिम मार्फत किसानलाई आवश्यक परामर्श,सल्लाह र सुझाव दिईने गरेका छन। गौरादह नगरपालिका वडा नं.२ का मकै खेती गर्दै आएका किसान शेष राज भन्डारीले चुडाल खरिद बिक्री केन्द्रले किसानहरुलाई खेती गर्न प्रोत्साहन गरेको बताउछन।हिउँदे तथा बर्षे सबै प्रकारका बालि लगाउन किसानहरुको माग बमोजिम तालिम दिनुका साथै आधुनिक उपकरण प्रयोग गरि बीउ बिजन बितरण गर्दा किसानलाई राहात मिलेको बताउँछन्। चुडाल खरिद बिक्री केन्द्रले राहत दिएका कारण आफुले यस बर्ष १६ के. जि.मकैको बीउ रोपेको बताउँछन् ।

तपाईको प्रतिक्रिया