Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १३ वैशाख २०८१ । झापाको अर्जुनधारामा एक घरमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका-८ पिपल चोक बस्ने मजनुर महमदको घरमा बिहिबार(आज) दिउँसो अन्दाजी ४ बजे आगलागी भएको हो । घरमा कोही नभएको अवस्थामा विद्युत सर्ट भई अचानक आगलागी हुँदा एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाटी बेरा भएको भुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट १ तोला सुन, नगद ५ हजार(भारतिय रुपैया), लत्ताकपडा, काठपात समेत जलि नष्ट हुदा अन्दाजी २ लाख १० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानियबासीहरुको सहयोगमा ५ः५० बजे नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट मानविय तथा चौपाय क्षति नभएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया