Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १३ वैशाख २०८१ । झापाको मेचीनगरमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहिबार(आज)८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका-१२ देउनिया पुल स्थित लोकमार्गमा बिर्तामोडवाट चारआली तर्फ आउदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक तत्काल नामथर वतन नखुलेको अन्दाजी ४० वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गम्भिर घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ भने, सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया