Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १३ वैशाख २०८१ । झापामा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जना मानिस घाइते भएका छन् । बिहिबार अन्दाजी ३ः३० बजेको समयमा मेचीनगर नगरपालिका-३ बडाखाल टोल स्थित भित्री सडक खण्डमा ईटाभट्टाबाट बौद्धमोड तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प ५८४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको ग २३ प २३९८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा ५ जना मानिसहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते हुनेहरुमा प्रदेश नं. १-०१-०१४ प ५८४९ नम्बरको मोटरसाईकल चालक मेचीनगर नगरपालिका-७ का २८ वर्षिय तिर्थ दाहाल,  मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षिय रुपेश गिरी,मोटरसाईकल पछाडी सवार ३४ वर्षिय मदन कुमार अधिकारी, ग २३ प २३९८ नम्बरको मोटरसाईकल चालक सप्तरी बोदेबर्साईन नगरपालिका-८ बस्ने २१ वर्षिय मुकेश यादब र सोही मोटरसाईकल पछाडी सवार २१ वर्षिय ओम प्रकाश यादब घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । दुवै मोटरसाइकल अस्थाई प्रहरी पोष्ट भृकुटीको नियन्त्रणमा रहेको जनाइएको छ । उनिहरु सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया