Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

सिरहा, २० माघ । नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा सशस्त्र प्रहरीले सिरहाले दसगजामा बिजोर नम्बरका सीमा स्तम्भ ठडयाउन सुरु गरेको छ। आइतबारसम्ममा ५४ वटा सानो पिलरको काम सम्पन्न भएको छ।

सानो देखिएका, हराएका र भत्केका ठाउँमा सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्न सुरु गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी प्रविण कडेँलले जानकारी दिए । उनका अनुसार नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटनेछ ।

३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने एसपी कडेँलले बताए । सीमा सर्वेक्षण टोलीको उपस्थितिमा काम भइरहेकोले निर्माण कार्य जारी रहेको उनले बताए।

भारतीय सुरक्षाकर्मीको अवरोध

ठाडी भन्सार कार्यालय क्षेत्रअन्तर्गत पर्ने सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी जाँच चौकी राख्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको छ ।

भन्सार कार्यालयको दक्षिणतर्फ सीमा क्षेत्रमा अस्थायी जाँच चौकी राख्न खोजेको थियो । त्यहाँ भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले उक्त क्षेत्र दसगजा क्षेत्रमा पर्ने भन्दै जाँच चौकी राख्न दिएनन् । अहिले सशस्त्र र नेपाल प्रहरीको जाँच चौकी भन्सार कार्यालयदेखि उत्तरपटि छ ।

सुरक्षा र चेकजाँच कडाइ गर्न सीमा टाँसिएर अस्थायी चौकी राख्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध खडा गर्न खोजेका छन् । तर, भारतीय सुरक्षाकर्मीले दसगजामै चेक पोस्ट र कस्टम अफिस राखेका छन् । दुवै देशको सर्वेक्षण टोलीले नापी गरेपछि निर्माण फेरि सुरु गरिने सशस्त्र प्रहरीका एसपी कडेँलले जानकारी दिए ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया