Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धरान, १९ माघ । बलात्कारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आत्मसर्मपण गरेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आत्मसर्मपण गरेका हुन्।

प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिए पश्चात राण आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका हुन्। राणा प्रहरी सम्पर्कमा आए पश्चात घटनाको अनुसन्धान गर्ने बाटो खुलेको छ। झापाकी एक महिलाले राणाले आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि गृहमन्त्रालयले राणालाई पदबाट निलम्बन गरेको थियो।

निलम्बन परेपछि फरार रहेका राण आइतबार आफै जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएको डिएसपी विनोद शर्माले जानकारी दिए। राणालाई गृहमन्त्रालयले शुक्रबार पदबाट निलम्बन गरेको थियो। आफै प्रहरी कार्यालयमा हाजिर भएका राणलाई अनुसन्धानका लागि अदालतमा उपस्थित गराई म्याद थप गरिने डिएसपी शर्माले बताए।

झापा विर्तामोड घर भएकी लिम्बु थरकी विवाहित महिलाले राणाविरुद्ध जबरजस्ती करणी ऐन अन्र्तगत मुद्दा दर्ता गरेकी हुन्।

एसएसपी राणामाथि जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि नै जबरजस्ती गरेको आरोप छ।

पीडित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार नै स्वास्थ्य परीक्षण भएको छ। पीडित महिलाले एसएसपी राणाले जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदासमेत आफूलाई बारम्बार डरधम्की दिएर जबरजस्ती करणी गरेको बयान प्रहरी समक्ष दिएकी छन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया