Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सुनसरी, १९ माघ । सुनसरीको तित्रृबनामा बस र हाईस ठोक्किदा मृत्यू हुनेको संख्या ४ पुगेको छ । इटहरीबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जनाको मृत्यू हुनका साथै अन्य ८ जना घाईते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीम बहादुर दाहालका अनुसार मृतकहरू सबै हायसमा सवार रहेका थिए । दुर्घटनामा मृत्यु हुनेमा काठमाण्डौका हेमराज कोईराला, हाइस चालक दिपक खड्काको मृत्यु भएको छ भने बाँकी २ जनाको भने नाम थर खुल्न नसकेको जनाइएको छ । घाइतेहरूको इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।पूर्वेली न्यूज

तपाईको प्रतिक्रिया