Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

नगरपालिकामा अपारदर्शिता बढेको स्थानीयको गुनासो

डण्डिराज घिमिरे
झापा, १८ जेठ । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक बर्ष २०७४-०७५को नीति तथा कार्यक्रम र बजेट एवं आयोजना समाबेश योजना पुस्तिका आर्थीक बर्षको अन्त्य सम्ममा पनि सार्बजनिक गरेन ।

गौरादह नगरपालिकाको प्रथम नगर सभा ( २०७४ पौष २०–२२ ) ले गरेका निर्णयहरु किन सार्बजनिक गरिएनन् ? नगर सभा संचालन कार्यबिधि २०७४ र बजेट नीति तथा बिनियोजन बिधेयकमा छलफल भएर पारित भएका निर्णय सार्बजनिक हुन नसक्नुको पछाडि के छ रहस्य ?

आर्थिक बर्ष सकिन एक महिना दश दिन मात्र बाँकी हुँदा पनि नीति कार्यक्रम तथा बजेट र छनौट भएका विकास योजनाबारे नगरबासीहरु बेखबर छन् ।

प्रदेश सरकारका वर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सांसद हिक्मत कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न सो नगरसभाले आर्थिक बर्ष ०७४ र ०७५ को लागि करिब ८३ करोडको अनुमानित बजेट तथा नीति कार्यक्रम समेत पारित गर्ने प्रस्ताव गरेको थियो ।

आर्थीक बर्ष सकिन लाग्दा समेत नगर सभाले पास गरेका नीति तथा कार्यक्र सार्बजनिक नहुँदा नगरबासी आम सरोकारवालामा अन्योलता बढेको छ । आर्थीक बर्षको अन्त्यमा नगरसभाको निर्णयलाई बेवास्ता गर्दै कार्यपालिले बजेटलाई मनोमानी ढंगले तोडमोड र रकमान्तर गरेको समेत बुझिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नगरपालिकाको कार्यलयमा पुगेर स्थानीय नागरिक अगुवा तथा संचारकर्मीहरुले नीति तथा कार्यक्रम सहितको बिनियोजित बजेटको बिबरण समेटिएको निर्णयको प्रतिलिपि माग गर्दा समेत कर्मचारीले छैन् भनेर नदिने गरेकाछन् ।
नगर सभाले पास गरेका नीति तथा कार्यक्रम र बजेट सहितको विकास आयोजनाको बिबरण सार्बजनिक नहुँदा नगरबासीको सूचनाको हक समेत प्रभावित भएको बताउछन् स्थानीय बासी जीवन पुरी ।

गाउँमा धुलो उडाउदै बाटामा ट्रिपर कुद्न थालेपछि मात्र विकास योजनाको बारेमा थाहाहुने गरेको साथै धेरैजसो जनप्रतिनिधिहरुका आसेपासेको नेतृत्वमा सुटुक्क उपभोक्ता समिति बनाउने गरेकाले आयोजनाको लागि बिनियोजित रकम र स्टमेट समेत गुम्राहामा राखेर चरम लापरवाहीमा विकासका नाममा बेइमानीका साथ कमाउ धन्दा चलेको हुनसक्ने आसंका गर्छन गौरादह ४ का माहानन्द दहाल ।

आर्थीक बर्ष सकिन लागेको छ तर नगरबासीलाई चालु आर्थिक बर्षको बजेट कति हो ? कुन–कुन वाडमा कति–कति बजेट बिनियोजन भएको थियो ? कुन कुन योजना नगर स्तरीय गौरवका योजना हुन् ? गौरादहका नगरबासी बेखबर हुन बाध्य छन् ।

संघीयता मार्फत जनउत्तरदायी अधिकार सम्पन्न स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नगरसभाले पास गरेका निर्णयहरु सार्बजनिक नगर्दा नगरकार्यपालिकाको नियत माथि नै प्रश्न उठेको बताउछन् गौरादह– २ का टोलविकास समितिका अध्यक्ष राजन खनाल ।

वार्ड नम्बर १ अन्तर्गतका टोल विकास समितिका अध्यक्ष देबेन्द्र खड्का पनि नीतिकार्यक्रम र नगरसभाले बिनियोजन गरेका बजेट सहितका योजनाको बारेमा टोलविकास समिति पनि अनबिज्ञ भएको बताउछन् ।

नगरसभाको निर्णय सहितको नीतिकार्यक्रम तथा बजेट बिनियोजन सहितको योजना पुस्तिका किन सार्वजनिक भएन भन्ने प्रश्नमा मेयर रोहितकुमार शाह अनुत्तरित भए । नगरबासी सुचनाको हकबाट बञ्चित भएको स्विकार्दै उनले कसैले खोजीगरेमा फोटोकपी गरेर दिन सक्ने बताउछन् ।

यसै बिषयमा नगरपालिकाका प्रबक्ता एवं वार्ड नं १ का अध्यक्ष नगेन्द्र भण्डारी भन्छन् समय अभाव, प्राविधिक कठिनाई तथा नगरकार्यपालिका भित्रको आन्तरिक कारणले योजना पुस्तिका प्रकाशन हुन नसकेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र भने सबै वार्डमा नीति कार्यक्रम तथा योजना सबै पठाएको छ आवस्यक परेमा त्यहाँबाट पनि लिन सकिने तथा नगरपालिकामा पनि हेर्न सकिने सतही जवाफ दिन्छन् । मिश्र संग पनि किन नगर सभाले पास गरेका नीति तथा कार्यक्रम र बजेट सहितको विकास आयोजनाको बिबरण समाबिष्ट योजना पुस्तिका सार्बजनिक भएन भन्ने ठोस जवाफदेहिता छैन ।

प्रथम नगर सभा मार्फत नीति तथा कार्यक्रम पासगरी विकास निर्माणका काम तर्फ अगाडि बढेको भनिएको गौरादह नगरपालिकाले योजना पुस्तिका सार्बजनिक नगरेपछि पारदर्शितामा सर्बत्र प्रश्न उठ्ने गरेको छ ।

नीति तथा कार्यक्रममा दिगो विकासको अवधारणा समाबेश छ कि छैन ? छ भने भौतिक पूर्वाधार विकासका आयोजनाहरु दिगो विकासमा आधारित, टिकाउ, प्राकृतिक संपदाको संरक्षणात्मक प्रयोग सहितको वातावरण पर्यावरण मैत्री विकास निर्माण किन भइरहेको छैन ? गौरादह नगरपालिकाले पटक–पटक बिबादित हुने त्रुटीपूर्ण काम गरेकोमा स्थानीयहरु अक्रान्त रहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया