Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

गौरादह, ११ माघ । गौरादहका गरुडध्वज बस्नेतद्वारा लिखित जीवनका तीन घुम्ती पुस्तकको विमोचन गरिएको छ । विद्योदय अंग्रेजी मावि मा एक कार्यक्रमको आयोजना गरि संविधान सभा सदस्य सुधिर सिवाकोटी र नेपाली काँग्रेस केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माले विमोचन गरेका थिए ।

गरुडध्वज बस्नेतको जिवनी, राजनितिक घटना, परिघट्ना र सामाजमा पुर्याएको योगदानका विषयलाई समेटेर तयार पारिएको पुस्तकलाई विमोचन गरिएको हो ।

विद्योदय अंग्रेजी माध्यमिक विद्यालयको संस्थापक अध्यक्ष समेत रहेका बस्नेतले विद्योदय अंग्रेजी मावि लाई १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बस्नेतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिक बहादुर बस्नेतलाई अक्षयकोषको लागि बैंकको चोक हस्तान्तरण गरेका छन् । अक्षयकोष बाट विद्यालयमा अध्यनरत उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कृत गरिने जनाइएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिक बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। संविधानसभा सदस्य सुधिर सिवाकोटी र विश्वदीप लिङदेन, नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्व प्रकाश शर्मा,राजनितीक व्यक्तित्वहरु पुर्णा नन्द शर्मा, राजन ढुङगाना, नेपाली काङ्ग्रेस क्षेत्र नं.५ का क्षेत्रीय सभापति ढुन्डीराज भन्डारी, विद्यालयका निर्देशक नारायण बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए। तारा बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका शिक्षक गोपाल पंगिनीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments