Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ९ माघ । झापाको कमलगाउँपालिका-१ बासबारी बजार शान्ति चौक निवासी वर्ष ५६ का मन बहादुर कार्की बेपत्ता भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका कार्की घरबाट कसैलाई केहि नभनि बिहान ८ बजेतिर हिंडेको र आज सम्म पनि कुनै खबर नपाएको उनका भतिज योगेन्द्र कार्कीले जानकारी दिए ।

यहि पुष २९ गते हराएका उनि अझै सम्म सम्पर्कमा नआएको जनाइएको छ । गहुगोरो वर्णको दौरा सुरुवाल र कालो ज्याकेट लगाएका मन बहादुर कार्कीलाई भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गराइदिन उनका आफन्तले आग्रह गरेका छन् । खोज तलासको लागि स्थानिय प्रहरी प्रशासनमा जानकारी दिइसकेको र अझ सम्म सम्पर्कमा नआएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया